११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटतर्फ एपिएफ सेमिफाइनल प्रवेश

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका अन्तर्गत विभागीय टोली नेपाल एपिएफ क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । दोस्रो जितसँगै एपिएफ सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले मधेशलाई ८० रन अन्तरमा हराएको हो ।  

टस जितेर पहिले व्याटिङ गरेको एपिएफले छ विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।

तीन रन बनाउँदा तीन विकेट गुमाइसकेको एपिएफका लागि इन्दू बर्मा र रोमा थापाले ९५ रनको महत्वपूर्ण साझेदारी गरेर टीमलाई उकासेका थिए । कप्तान सिता राना मगर र राजमती ऐरी शून्यमै आउट हुँदा इन्दू र रोमाको साझेदारी एपिएफका लागि महत्वपूर्ण बन्यो ।

इन्दू आउट भएपछि रोमाले कविता जोशीसँग मिलेर ३७ रनको साझेदारी गरिन् । इन्दूले ५१ बल खेल्दै नौ चौकाको मद्दतमा ५६ रन बनाइन् । रोमाले नटआउट ४४ बलमा चार चौका हाल्दै ४४ रन बनाइन् ।  

कविता जोशीले एपिएफका लागि २३, करुणा भण्डारीले पाँच र रेवती धामीले दुई रन थपिन् । एपिएफले १३ अतिरिक्त रन पाएको थियो । मधेशका लागि कम्पान पुजा महतोले दुई तथा सरस्वती चौधरी, प्रशिद्धिका खड्का र प्रज्ञा क्षेत्रीले एक–एक विकेट लिए ।  

१४४ रनको लक्ष्य पछ्याएको मधेसले सात विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो । मधेसका सुरुका तीन ब्याटर रन नबनाएर आउट हुन पुगे । एलिशा यादव, सना प्रविन र कप्तान पूजा महतो गटआउट हुन पुगे । सातौ क्रममा व्याटिङ गर्न आएकी मधेशकी सरस्वती चौधरीले १७ र अनुराधा चौधरीले १४ रन बनाइन् ।

रोजी कडारी आठ रनमा नटआउट हुँदा सिवानी सशाहले छ रन बनाइन् । मधेशले १८ अतिरिक्त रन पाएको थियो । एपिएफका लागि सुमन विष्ट र राजमती ऐरीले दुई–दुई तथा कविता जोशी र रेखा रावलले एक–एक विकेट लिए ।

प्रकाशित: ११ मंसिर २०८३ १६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App