२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

रविन्द्र ढाँट: रोहिनी एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डर

नेपाली मिक्स्ड मार्शल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

सम्झौतापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ढाँटले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसले ब्राण्ड एम्बेस्डरमा आफूलाई चुनेकोमा खुसी व्यक्त गर्दै एजुकेशन सर्भिसलाई धन्यवाद दिए ।  

यता एजुकेशन सर्भिसेसले पनि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेर इतिहास रच्न सफल ढाँटलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गर्न पाउँदा हर्षित भएको जनाएको छ । 

प्रकाशित: २१ भाद्र २०८२ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App