१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

रन्जितको घातक बलिङ, एक्लैले लिए ५ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका बलर रन्जित कुमारले घातक बलिङ गर्दै ५ विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७५ रनको लक्ष्य पछ्याइरहेको विराटनगरको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा रन्जित कुमार एक्लैले आधा टिमलाई पेभेलियन फर्काइदिएका हुन्।

May be an image of text

आफ्नो ४ ओभरको स्पेल पूरा गर्दै रन्जितले मात्र २१ रन खर्चेर ५ महत्त्वपूर्ण विकेट हात पारे। उनले विराटनगरका सेट ब्याटर साम हेजलेटलाई २२ रनमा एलबीडब्लू आउट गर्दै विकेटको सिलसिला सुरु गरेका थिए।

त्यसपछि उनले बसिर अहमद (०), नरेन भट्ट (४), नारायण जोशी (४) र सूर्य तामाङ (०) लाई आउट गर्दै विराटनगरलाई धरापमा पारेका हुन्।

विशेषगरी उनले लिएका ३ विकेटमा कप्तान कुशल मल्लले क्याच समातेका थिए।

प्रकाशित: १० मंसिर २०८२ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App