नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बरियता तय गरिएको छ।
कांग्रेसले तय गरेको बरियतामा दाङका एक पदाधिकारी ११ औँ नम्बरमा अटाएका छन्। सहमहामन्त्री योगेन्द्र चौधरीको बरियता समग्रमा ११ औँ नम्बर र सहमहामन्त्री तर्फ दोस्रो कायम गरिएको छ। चौधरी यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री निर्वाचित भएका थिए। गत महाधिवेशनमा चौधरी थारु कोटाबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यसैगरी, महाधिवेशनबाट निर्वाचित दाङका ५ केन्द्रीय सदस्य मध्य अग्रस्थानमा अनिता देवकोटा रहेकी छिन्।
समग्रमा ९८ औँ नम्बरमा रहेकी अनिता दाङका ५ केन्द्रीय सदस्य मध्य उनको बरियता अग्र स्थानमा कायम गरिएको छ। उनी राष्ट्रिय सभाकी कांग्रेस पूर्व प्रमुख सचेतक समेत हुन्।
यसैगरी, दाङका निर्वाचित केन्द्रीय सदस्य मध्य दोस्रो बरियतामा प्रचण्डविक्रम न्यौपाने रहेका छन्। उनी समग्रमा १ सय १५ औँ नम्बर तथा दाङका केन्द्रीय सदस्यहरू मध्य दोस्रो बरियतामा छन्। न्यौपाने लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन्। उनी लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री समेत हुन् भने उनी लुम्बिनी कांग्रेसका प्रवक्ताको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन्। न्यौपाने लुम्बिनी प्रदेश भुगोल खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
यस्तै, अर्का प्रदेशसभा सदस्य अनुराग खड्का दाङका केन्द्रीय सदस्य तर्फ तेस्रो बरियतामा छन्। उनी समग्रमा १ सय १८ तथा दाङका केन्द्रीय सदस्यहरू मध्य तेस्रो बरियतामा छन्। कांग्रेस नेता स्वर्गी खुमबहादुर खड्काका पुत्र उनी लुम्बिनी प्रदेश युवा तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
यसैगरी, खुला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका किरणकिशोर घिमिरे दाङका केन्द्रीय सदस्य तर्फ चौथो नम्बरमा छन्। उनी समग्रमा १ सय ३० औँ नम्बर तथा दाङका केन्द्रीय सदस्य तर्फ चौथो बरियतामा रहेको कांग्रेसले सार्वजनिक गरेको सुचीमा उल्लेख छ। घिमिरे गत प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट उम्मेदवार बनेका थिए। उनी उक्त निर्वाचनमा रास्वपाका विपिनकुमार आचार्यसँग पराजित भएका थिए।
यसैगरी, दाङका ५ केन्द्रीय सदस्य मध्य पाँचौ नम्बरमा कमलकिशोर घिमिरेको बरियता कायम गरिएको छ। उनी समग्रमा १ सय ३४ औँ नम्बर तथा दाङ तर्फका केन्द्रीय सदस्य मध्य ५ औँ नम्बरमा परेका छन्। घिमिरे दाङका पूर्व जिल्ला सचिव समेत हुन्।
प्रकाशित: १५ कार्तिक २०८३ १२:०२ आइतबार





-600x400.jpg)