कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र ओमानबिचको खेल वर्षाका कारण रोकिएको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा ओमानले दिएको ३०६ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ३६.५ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १५५ रन जोड्दा वर्षा सुरु भएको हो।
खेल रोकिनुअघि नेपाललाई जितका लागि अब ७९ बलमा १५१ रनको कठिन आवश्यकता देखिएको छ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५० रनको योगदान दिए पनि अन्य माथिल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिएपछि टोली दबाबमा परेको थियो।
अहिले मैदानमा करण केसी र सोमपाल कामी रहेका छन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको बलियो योगफल तयार पारेको थियो।
प्रकाशित: १६ वैशाख २०८३ १६:०१ बुधबार





