२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल र बंगलादेशबिच हुने मैत्रीपूर्ण फुटबलको तयारी पूरा

नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको छ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको बताएको हो। 

एन्फाका प्रवक्ता सुरेश शाहको अनुसार दर्शकहरूको सहजताका लागि खेल हुने दिनहरूमा दशरथ रगंशालाका सम्पूर्ण गेटहरू खुल्ला रहने छन्। र दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेट नम्बरबाट प्रवेश गरी टिकटको रङ अनुसारको सिटमा बस्नुपर्ने छ।

नेपालले आउँदो भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ।

प्रतियोगिताको भिआइपी तर्फको शुल्क एक हजार र सामान्य  तर्फको शुल्क पाँच सय रहेको छ। त्यस्तै, एन्फाका अनुसार यो प्रतियोगिताको अनुमानित बजेट रु १, २७ ,५८, १६८ रहेको छ। दुवै खेल बेलुका ५:३० बजे हुनेछ।

प्रकाशित: १९ भाद्र २०८२ १८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App