१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

प्रिमियर लिगः म्यान युनाइटेडले एस्टन भिल्लासँग खेल्दै

इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।  

गृहमैदानमा हुने खेलमा जित निकाल्दै तेस्रो स्थानको एस्टन भिल्ला दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा झार्ने योजनामा हुनेछ। म्यान युनाइटेड पनि जित निकाल्दै लिभरपुललाई पछि पार्दै पाँचौ स्थानमा उक्लन चाहान्छ ।  

१६ खेलको समाप्तिमा एस्टन भिल्लाको ३३ अंक छ भने समान खेलबाट युनाइटेडले २६ अंक जोडेको छ।  

१७ खेलको समाप्तिमा आर्सनल ३९ अंकमा शीर्ष र म्यानचेस्टर सिटी ३७ अंकमा दोस्रो स्थानमा छ।

प्रकाशित: ६ पुस २०८२ १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App