३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

प्रिमियर लिगः लिभरपुल लिड्ससँग खेल्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा बिहीबार राति लिभरपुल र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार, राति ११ः१५ बजे एन्फिल्डमा सुरु हुनेछ ।  

गृहमैदानमा हुने खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानको एस्टन भिल्लासँगको दुरी ४ अंकमा झार्ने योजनामा हुनेछ । एस्टन भिल्ला ३९ अंकमा तेस्रो स्थानमा हुँदा लिभरपुल ३२ अंकमा चौथो स्थानमा छ ।  

लिड्सले भने यो सिजन लय समाउन सकेको छैन । १८ खेलको समाप्तिमा उसको मात्र २० अंक छ । ऊ १६ औं स्थानमा छ । लिभरपुलमाथि जित निकाल्न सके लिड्सले कम्तीमा एक स्थान सुधार गर्नेछ ।  

बिहीबार नै हुने अर्को खेलमा क्रिष्टल प्यालेस र फुलह्यामबीच खेल हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजे सुरु हुनेछ । 

प्रकाशित: १७ पुस २०८२ १९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App