इंलिस प्रिमियर लिगमा आज राति लिड्स युनाइटेड र एभरटनबीच प्रतिस्पर्धा हुँदैछ। लिड्सको मैदान एलान्ड रोडमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । यो जारी सिजनमा पहिलो चरणको अन्तिम खेल हो।
यसअघिका खेलमा भेटमा लिड्सले ४८ खेलमा जित निकाल्दा एभरटन २८ खेलमा विजयी भएको थियो । ३० खेल भने बराबरीमा सकिएका थिए।
जारी सिजन डिफेन्डिङ च्याम्पियन लिभरपुलसहित म्यानचेस्टर सिटी, आर्सनल, टटनह्याम, सन्डरल्यान्ड र नोटिङ्घम फरेस्टले विजयी सुरुवात गरेका छन्।
चेल्सी, ब्राइटन एन्ड होभ एल्बियन, फुलहाम, एष्टन भिल्ला, क्रिष्टल प्यालेस र न्युकासल युनाइटेडले भने बराबरी खेल्दै सिजनको सुरुवात गरेका छन्। म्यानचेस्टर युनाइटेड भने आफ्नो पहिलो खेलमा आर्सनलसँग पराजित हुन पुगेको छ।
प्रकाशित: २ भाद्र २०८२ १९:४४ सोमबार





