२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

प्रिमियर र सिसिआरसी विजयी

प्रिमियरले र सिसिआरसीले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा जित निकालेका छन्।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा जारी प्रतियोगितामा शनिबार सिसिआरसीले पुष्पसदनलाई ६३–३२ ले सहजै पराजित गर्‍यो। सिसिआरसीका सुरेश मगरले १४ अंक जोडे। सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलमा सिसिआरसीले पहिलो क्वार्टरमै १६–१० को अग्रता लिएको थियो। त्यो अग्रता अन्तिमसम्म जारी राख्दै सिसिआरसीले दोस्रो देखि चौथो क्वार्टरमा क्रमशः १५–११, १७–९ र १५–२ स्कोर गर्‍यो। समूहचरणमा दुवैको पहिलो खेल हो। प्रिमियरले बर्नहार्टलाई ५२–२३ ले हराउँदै लगातार दोस्रो जित निकाल्यो। प्रिमियरका प्रथमले १३ स्कोर गरे।

दुई खेलबाट बर्नहार्टको पहिलो हार हो। प्रिमियरले सुरुका तीन क्वार्टर क्रमशः २५–८, ७–१ र १२–२ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गरेको थियो। चौथो तथा अन्तिम क्वार्टरमा प्रिमियर ८–१२ ले पछि पर्‍यो। समूहचरणका अन्य खेलमा जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले सफलता पाए। दुवैले समान दुई खेल खेलेका छन्। जेभियरको लगातार दोस्रो जित हो। टाइम्स पहिलो जित निकाल्न सफल भयो। जेभियरले मल्पीमाथि ७५–४१ को आरामदायी जित रच्यो। जेभियरका आशिषले २४ अंक बटुले। जेभियर तेस्रो क्वाटरबाहेक सबैमा अगाडि रह्यो।

जेभियरले पहिलोमा २६–६, दोस्रोमा ११–२ र चौथोमा २२–१७ को प्रदर्शन गर्‍यो। तेस्रो क्वार्टर १६–१६ को बराबरीमा सकियो। टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३–२२ ले पन्छायो। टाइम्सका भिजनले १८ अंक जोडे। टाइम्सले पहिलोमा ८–३, दोस्रोमा ७–३, तेस्रोमा १२–४ र चौथोमा ६–१२ को प्रदर्शन गर्‍यो। दुई खेलमा टाइम्सको पहिलो जित हो। त्यत्तिनै खेल खेलेको गोल्डेनगेट ‘बी’ पहिलो खेलमा पनि पराजित भएको थियो।

प्रकाशित: १ भाद्र २०८२ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App