आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले पावरप्लेमा सन्तोषजनक प्रदर्शन गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले पावरप्ले सकिँदा १ विकेटको क्षतिमा ४६ रन जोडेको हो।
इनिङ्सको दोस्रो ओभरमै ओपनर कुशल भुर्तेलको विकेट गुमाएर ८/१ को स्थितिमा पुगेको नेपाललाई कप्तान रोहित पौडेल र आसिफ शेखको जोडीले सम्हालेको छ।
कप्तान रोहित पौडेलले क्रिजमा आउनासाथ आक्रामक ब्याटिङ गर्दै इटालीका बलरहरूलाई दबाबमा राखेका छन्।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पौडेलले विस्फोटक सुरुवात गरेका छन्। उनले मात्र ११ बलको सामना गर्दै २ छक्काको मद्दतले अविजित २३ रन बनाएका छन्।
त्यस्तै, अर्को एन्डबाट ओपनर आसिफ शेखले संयमित इनिङ्स खेल्दै १५ बलमा २ चौकासहित १७ रन बनाएर कप्तानलाई साथ दिइरहेका छन्।
यी दुईबीच ३८ रनको अविजित साझेदारी भइसकेको छ।
प्रकाशित: २९ माघ २०८२ १५:४७ बिहीबार





