१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

नेपाली क्रिकेटरको नाममा हुलाक टिकट

हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।  

नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टंकलाल घिसिङले  हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाए।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू- १९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो।  

No description available.

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।

विभागले  १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो।

प्रकाशित: २३ आश्विन २०८२ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App