२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

एशियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालद्वारा चीनसामु १२६ रनको लक्ष्य

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा जारी एशियाली खेलकुद महिला क्रिकेट छनोट खेलमा नेपालले चीनलाई जितका लागि १२६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रनको सम्मानजनक योगफल तयार पारेको हो। नेपालका लागि पूजा महतोले सम्हालिएको ब्याटिङ गर्दै ५७ बलमा ६३ रनको शानदार अर्धशतकीय इनिङ खेलिन्।

प्रतियोगिताको आफ्नो पहिलो खेल खेलिरहेको नेपाल चीनलाई पराजित गर्दै सुखद सुरुवात गर्ने योजनामा छ। यता पहिलो खेलमा इन्डोनेसियालाई तीन विकेटले हराएर उच्च मनोबलमा रहेको चीन भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्दै आफ्नो स्थान बलियो बनाउने दाउमा छ। 

६ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल, चीन र इन्डोनेसिया समूह 'बी' मा रहेका छन् भने समूह 'ए' मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड छन्। यस छनोट प्रतियोगिताको शीर्ष तीन स्थानभित्र पर्ने टोलीले यसै वर्ष जापानमा हुने २०औँ एशियाली खेलकुदमा सहभागी हुन पाउने भएकाले दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App