२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

आयोजकलाई ८ गोल अन्तरले हराउँदै पोखरा महिला गोल्डकपमा पुलिसको सुखद सुरुवात

प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८ गोलको फराकिलो अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । 

कमजोर आयोजकबिरुद्ध एकतर्फी पेलेको पुलिसले पहिलो हाफमा ५ र दोस्रो हाफमा ३ गोल गर्‍यो । सुरुवातदेखि नै दवाबमा राखेको पुलिसले  अन्तिमसम्मै खेल प्रभाव जमाउन सफल भयो ।

आयोजक पोखराबिरुद्ध नेपाल पुलिस क्लबकी रेखा पौडेल एक्लैले ह्याट्रिक गोलसहित ५ गोल गरिन् । ‘प्लेयर अफ द म्याच’ भएकी उनले खेलको ५, २७, ३५, ३८ र ६० औं मिनेटमा गोल गरिन् । शुक्रबारको खेलमा पुलिसका लागि निर्मला विक र सहारा लिम्बूले एक/एक गोल गरे । एक गोल भने पुलिसले उपहार गोल पाएको थियो ।

आरएस पोखरा एफसी भने खेलभर रक्षात्मक बन्यो । रक्षापंक्ति कमजोर रहेको पोखराले गोल गर्ने अवसरसमेत कमै मात्रै पायो। जसका कारण पहिलो खेलमै लज्जास्पद हार व्यहोर्‍यो ।

जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा शनिबार संकटा क्लव र त्रिभूवन आर्मी क्लव प्रतिष्पर्धामा उत्रिनेछन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा ४ टिम सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, संकटा क्लव र आयोजक आरएस पोखरा एफी सहभागी छन् ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ५ लाख र उपबिजेताले नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित: १८ वैशाख २०८३ १९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App