१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

पोखरा एभेन्जर्सको ब्याटिङ धराशायी, ३ रन जोड्दा ४ विकेट पतन

उत्कृष्ट सुरुवात गरेको पोखरा एभेन्जर्सले नाटकीय रूपमा लगातार विकेट गुमाएको छ।

जनकपुर बोल्ट्सविरुद्ध ६१ रनमा पहिलो विकेट गुमाएको पोखराले त्यसपछि मात्र ३ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाएको हो।

इनिङ्सको १०.२ ओभरमा स्टार विदेशी खेलाडी जेम्स निसम (जिम्मी निसम) आउट भएसँगै पोखराले चौथो विकेट गुमाएको छ। निसमलाई सञ्जय कृष्णमूर्तिले १ रनको व्यक्तिगत स्कोरमा लोफ्टी–इटनको हातबाट क्याच आउट गराए।

कुनै समय ६१/० को बलियो स्थितिमा रहेको पोखराले १०.२ ओभरमा ६४/४ को दयनीय स्थितिमा पुगेको छ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्ति घातक साबित भएका छन्। उनले आफ्नो स्पेलमा हालसम्म ३ विकेट लिइसकेका छन्। अहिले पोखरा एभेन्जर्स संकटमा परेको छ।

प्रकाशित: ११ मंसिर २०८२ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App