१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

पिएम कप : बाग्मतीले मधेशलाई ३५ रनले हरायाे

प्रधनामन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले हराएको छ। 

वीरगन्जमा बाग्मतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४.३ ओभरमा १७३ रन बनाएर अलआउट भयो । मधेशको लागि ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए। कप्तान अनिल शाहाले २६ रन बनाए। 

बाग्मतीको लागि प्रतिश जिसिले ५ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बााग्मतीले ४८.५ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो। बाग्मतीको लागि उतम मगरले सर्वाधिक ४४ रन बनाए। 

बाग्मतीका कप्तान सन्दीप लामिछाने ३६ रन बनाएर आउट भए। मधेशको लागि पवन सर्राफले ३ विकेट लिदाँ आदिल आलम र रन्जित कुमारले समान २-२ विकेट लिए।

प्रकाशित: २७ चैत्र २०८२ १५:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App