३ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

पिएम कपः आर्मीको अपराजित यात्रा कायमै, कोशी जितविहीन

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। 

सोमबार कोशी प्रदेशलाई १८५ रनले पराजित गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई ८ खेलसम्म पुर्‍याएको हो। १५ अंकसहित फाइनलमा स्थान पक्का गरिसकेको आर्मीले एक खेलमा भने अंक बाढेको थियो। लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मीले लुम्बिनी प्रदेशसँग खेल्नेछ।  

कोशीले भने जितविहीन रहँदै यो सिजनको प्रधानमन्त्री कप क्रिकेट टुंग्याएको छ। वर्षाका कारण आफ्नो पहिलो खेलमा मधेश प्रदेशसँग अंक बाढेको कोशीले बाँकी ८ खेलमा जित निकाल्न सकेन। मात्र एक अंक भएको कोशी तालिकाको पुछारमा रह्यो।

सोमबार आर्मीले दिएको ३६३ रनको विशाल लक्ष्य पछाएको कोशी ३६ ओभरमा १७७ रनमा अलआउट भयो। कोशीका लागि प्रभात राईले सर्वाधिक ३८ रन बनाए। कप्तान सुजन थपलिया ३० रनमै पभिलियन फर्किए।

आर्मीका लागि आकाश चन्दले ३ र बसिर अहमदले २ विकेट लिए।

त्यसअघि जनकपुरको रामजानकी बहुउद्देशीय क्रिकेट रगंशालमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३६२ रन बनाएको थियो। आर्मीका कप्तान तथा ओपनर विनोद भण्डारीले विस्फोट ब्याटिङ गरे। १५० बलको सामना गरेका उनले १८९ रन बनाउँदै मैदान छाडे। १५० बलमा उनले ५ छक्का र २१ चौका प्रहार गरे।

त्यस्तै, भीम सार्कीले ६५ बलमा ८० रन बनाए।  

कोशीका लागि विपिन महतोले ३ विकेट लिए। 

प्रकाशित: ३० चैत्र २०८२ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App