३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

प्लेइङ-११ : शेर मल्ललाई विश्राम, ललितको ‘कमब्याक’

टी-२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलका लागि नेपालले आफ्नो प्लेइङ-११ सार्वजनिक गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले टोलीमा एक परिवर्तन गरेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले इटालीविरुद्धको रणनीतिक खेलका लागि प्लेइङ सेटमा हेरफेर गरेका हुन्।

उनले आजको खेलमा स्पिनर शेर मल्ललाई विश्राम दिँदै उनको स्थानमा अनुभवी बायाँ हाते स्पिनर ललित राजवंशीलाई मैदान उतारेका छन्।

प्रतियोगिताको पहिलो खेलमा टेस्ट राष्ट्र इङ्ल्यान्डसँग उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल ४ रनको झिनो अन्तरले पराजित भएको थियो। सोही आत्मविश्वास र सन्तुलित टोली लिएर नेपाल आज पहिलो जितको खोजीमा छ।

आजको खेलमा कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीको ब्याटिङ र बलिङ लाइनअप सन्तुलित देखिएको छ।

टोलीमा नन्दन यादव र लोकेश बमले पनि निरन्तरता पाएका छन्।

प्रकाशित: २९ माघ २०८२ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App