२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

पलेशा र नेगी सम्मानित

मलेसियामा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) की कांस्य पदक विजेता पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले पेरिस पारालिम्पिकमा समेत पदक विजेता खेलाडी तथा प्रशिक्षकद्वयलाई सम्मान गरेको हो। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को उपलक्ष्यमा आयोजना गरिएको फ्युचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रीय युवा तथा खेलकुद विभाग प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरीश्वर पोखरेलले पलेशा गोवर्धन र कविराज नेगीलाई सम्मान गरेका थिए। यसै महिना मात्र नेगीको प्रशिक्षणमा मलेसियाको कुचिङमा पलेशाले पदक जितेकी थिइन्। पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाउ एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।

आफ्नो करियरमा पलेशाले कुल ६ वटा अन्तर्राष्ट्रिय अफिसियल मेडल प्राप्त गरेकी छन्, जसमा २ स्वर्ण र ४ कांस्य पदक समावेश छन्। सन् २०१५ देखि स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामा अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन्।

पलेशा २०१६ देखि नेगीसंगै प्रशिक्षण गरिरहेकी छन्। नेगीको प्रशिक्षणमा हालसम्म नेपालको पारा तेक्वान्दो टोलीले १२ वटा अन्तर्राष्ट्रिय अफिसियल पदक जितेको छ, जसमा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिप र एसियन पारा गेम्सदेखि पारालिम्पिकसम्मका पदक छन्।

प्रकाशित: २८ श्रावण २०८२ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App