पाकिस्तान र अष्ट्रेलियाले विश्वकपअघि तीन खेलअघि टी-२० आई सिरिज खेल्ने भएका छन्।
बुधबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले दुई टोलीबीच तीन खेलको टी-२० आई सिरिज हुने बताएको हो। पिसिबीका अनुसार तीनै खेल पाकिस्तानमा हुनेछन् । पाकिस्तानको गद्दाफी रंगशालामा जनवरी २९ र ३१ तथा फ्रेबअरी १ मा खेल हुनेछ।
अष्ट्रेलियाको टोली सिरिजको लागि जनवरी २८ मा पाकिस्तान आइपुग्ने पिसिबीले बताएको छ। टी-२० पुरुष विश्वकप आगामी फ्रबेअरी ७ देखि भारत र श्रींलकाले संयुक्त रुपमा आयोजना गर्दैछन्।
सोही विश्वकपको तयारीस्वरुप यी दुई टोलीले सिरिज खेल्न लागेका हुन्। पाकिस्तान विश्वकपको समूह 'ए' मा परेको छ भने अष्ट्रेलिया समूह 'बी' मा छ।
प्रकाशित: ३० पुस २०८२ १५:२६ बुधबार





