नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलकिा कप्तान रोहित कुमार पौडेलले टोलीको लक्ष्य प्रतियोगिताको उपाधि जित्ने बताएका छन्। उनले ओमानलाई हराएसँगै उपाधिको नजिक पुगेको बताए।
‘हामीले युएई र समाओबीचको खेल हेरिरहेका थियौँ, हामीलाई ओमानविरुद्ध खेल्नु अघि नै हामी विश्वकपमा पुग्र्याँ भनेर थहाँ थियो’ कप्तान पौडेलले भने, ‘हाम्रो लक्ष्य भनेको यो प्रतियोगिताको उपाधि जित्नु हो।’ नेपालले बुधबार राति ओमानलाई पराजित गरेसँगै उपाधि नजिक पुगेको छ।
नेपाल जारी छनोट खेलमा अपराजित रहँदै विश्वकपमा छनोट भएको हो। नेपालले अब शुक्रबार समाओलाई हराएमा यो छनोट प्रतियोगिताको उपाधि जित्ने छ।
प्रकाशित: ३० आश्विन २०८२ ११:५८ बिहीबार





