६ असार २०८३ शनिबार
image/svg+xml
खेल

एकदिवसीय शृंखला: अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गर्ने

अष्ट्रेलियाली पुरुष क्रिकेट टोलीले तीन खेलको एकदिवसीय शृङ्खलाका लागि पाकिस्तानको भ्रमण गर्ने भएको छ।  

पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच तीनवटा एकदिवसीय क्रिकेट शृंखला हुने बताएको हो। यी टोलीबीचको पहिलो खेल मे ३० मा रावलपिंडी क्रिकेट रंगशालामा हुने तय भएको छ।  

दोस्रो खेल जुन २ मा हुनेछ भने तेस्रो तथा अन्तिम खेल जुन ४ मा लाहोरमा रहेको गद्दाफी रंगशालामा हुनेछ। तीनवटै एकदिवसीय खेल स्थानीय समय अनुसार साँझ ४:३० बजे सुरु हुनेछ।  

आगामी द्विपक्षीय एकदिवसीय शृङ्खला मार्च-अप्रिल २०२२ पछि अस्ट्रेलियाको पाकिस्तानमा पहिलो शृङ्खला हुनेछ। यस वर्ष जनवरीरफेब्रुअरीमा अस्ट्रेलियाले तीन खेलको टी-२० शृङ्खला खेल्न पाकिस्तानको भ्रमण गरेको थियो, जुन पाकिस्तानी टोलीले लाहोरको गद्दाफी स्टेडियममा ३-० ले जितेको थियो।

प्रकाशित: २४ वैशाख २०८३ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App