२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ।

प्रकाशित: २० श्रावण २०८३ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App