नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले कमजोर ब्याटिङ सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २ ओभरको समाप्तिमा २ विकेट गुमाएर ११ रन बनाएको हो। ओपनर अर्जुन कुमाल एङ्गेलो म्याथ्युजको बलमा एक रनमा विकेटकिपर लोकेश बमबाट क्याच आउट हुँदा कुशल भुर्तेल चारिथ असलंकाको बलमा शुन्य रनमा एलबीडब्लु आउट भए।
पाँच खेलको समाप्तिमा छैठौं स्थानमा रहेको विराटनगरको ४ अंक छ भने पुछारमा रहेको पोखराको मात्र २ अंक छ। प्लेअफको सम्भावना कायमै राख्न विराटनगरलाई आज जित्नै पर्ने दबाब छ।
आजको खेलमा पोखरा विजयी भए काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोएल्सले प्लेअफमा स्थान बनाउनेछन्।
प्रकाशित: २६ कार्तिक २०८३ १२:४८ बिहीबार





