२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एनपिएल : बलिङमा नेपाली र ब्याटिङमा विदेशी खेलाडी चम्किए

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन्। आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ।

लगातार तीन खेल जितेर छ अंकका साथ सुदूरपश्चिम शीर्षस्थानमा छ। समान तीन खेल खेलेर छ अंक नै जोडेको विराटनगर किंग्स रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

कर्णाली याक्स तेस्रो, चितवन राइनोज चौथो, काठमाडौं गोर्खाज पाँचौ अनि लुम्बिनी लायन्स छैटौं स्थानमा रहेका छन्।  साविक उपविजेता जनकपुर बोल्ट्स सातौं र पोखरा एभेन्जर्स तालिकाको पुछारमा छ। दश खेल सम्पन्न भइसक्दा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन उच्च देखिएको छ। बलिङतर्फ भने नेपाली खेलाडी अग्रस्थानमा छन्।

कर्णाली याक्सबाट खेलिरहेका विदेशी खेलाडीले सबैभन्दा बढी एक सय १४७ रन बनाएका छन्। उनी हालसम्म सबैभन्दारा बढी रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। उनले प्रतियोगितामा शतक पनि बनाएका थिए। जुन जारी सिजनको एकमात्र शतक हो।

त्यसैगरी, उच्च स्कोर बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै छन्। चितवन राइनोजका रवि बोपारा एक सय १८ रन बनाउँदै दोस्रो उच्च स्कोर बनाउने खेलाडीको सूचीमा छन्। रविले जारी प्रतियोगितामा दुई अर्धशतक पनि हानेका छन्।

प्रतियोगितामा तेस्रो र चौथो उच्च स्कोर बनाउनेको सूचीमा भने नेपाली खेलाडी रहेका छन्। हालसम्म एक सय १४ रन बनाएका विराटनगर किंग्सका लोकेश बम तेस्रो स्थानमा छन्। उनले एक अर्धशतक प्रहार गरिसकेका छन्। चौथो नम्बरमा रहेका पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले एक सिजन १२ रन बनाएका छन्। यसमा उनले दुई अर्धशतक जोडेका थिए।

यसैबीच हालसम्मको बलिङ प्रदर्शन हेर्ने हो भने नेपाली खेलाडी पहिलो स्थानमा छन्। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने सात विकेट लिँदै पहिलो स्थानमा छन्। दोस्रो नम्बरमा भने विदेशी खेलाडी रहेका छन्। सुदूरपश्चिमबाट खेलिरहेका हर्मित सिंह छ विकेटसहित दोस्रो स्थानमा छन्।

सर्वाधिक विकेट लिने तेस्रो, चौथो नम्बरमा भने नेपाली खेलाडी अगाडि छन्। छ विकेट लिएका कर्णाली याक्सका सोमपाल कामी तेस्रो र समान छ विकेट नै लिएका काठमाडौंका कप्तान करण केसी चौथो नम्बरमा छन्। पाँच विकेट लिएर पाँचौं स्थानमा भने कर्णाली याक्समा अनुबन्धित विदेशी खेलाडी मिलिन्द कुमार छन्। उच्च रन बनाउनेको पाँचौं नम्बरमा १०२ रन बनाएका कर्णाली याक्समा अनुबन्धित प्रियान्क पन्चाल रहेका छन्। उनले एक अर्धशतक पनि प्रहार गरेका छन्।

प्रतियोगितामा एक शतक, दश अर्धशतक
जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन्। यसमा विदेशी खेलाडी नै अगाडि छन्। प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हानेका छन्। विनोदसिंह बिष्ट/रासस

प्रकाशित: ९ मंसिर २०८२ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App