२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

एनपिएल : लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै

त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ। लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ।

आज अपराह्न ४ः०० बजे हुने अर्काे खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ मंसिर २०८२ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App