९ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

एनपीएल: लुम्बिनीले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

एनपीएलको पहिलो खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रिएका छन्।

दर्शकहरूको उत्साहजनक उपस्थितिका बीच सुदूरपश्चिम रोयल्स केहीबेरमा ब्याटिङका लागि मैदान प्रवेश गर्दैछ।

सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी हुन् । लुम्बिनी गत संस्करणको विजेता हो । सुदूरपश्चिमलाई नै हराएर लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन भएको थियो ।

सुदूरपश्चिमको प्लेइङ लिस्टमा सइब जैब, ब्रान्डन म्याकमुलन, स्कट कुग्लिन, सेरफन रुथरफर्ड, विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा र अनिल खरेल छन् ।

लुम्बिनी लायन्सको प्लेइङ लिस्टमा कप्तान रोहित, सन्दीप जोरा, तिलक भण्डारी, आशिफ शेख, दिलीप नाथ, दिलन्था डिकवेला, शेर मल्ल, डार्सी सर्ट, साड्ले भान, समिम हुसेन र किशोर महतो छन् । प्रधानमन्त्री बालेन शाहले एनपिएलको उद्घाटन गरेका थिए ।

प्रकाशित: ९ कार्तिक २०८३ १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App