९ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री बालेन शाह

नेपाल प्रिमियर लिग (एनपीएल) को खेल अवलोकन गर्न प्रधानमन्त्री बालेन शाह कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

कीर्तिपुर मैदानमा जारी खेल हेर्न र खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री शाह केहीबेरअघि मैदान प्रवेश गरेका हुन्। उनको आगमनसँगै मैदानमा उपस्थित दर्शकहरूले चर्को हुटिङ र ताली बजाएर स्वागत गरेका थिए।

दर्शकहरूको बाक्लो उपस्थितिका बीच प्रधानमन्त्री शाहले भीआईपी प्यारापिटबाट खेलको अवलोकन गरिरहेका छन्।

मैदानमा खेलप्रेमी दर्शक तथा विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको छ।

पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

प्रकाशित: ९ कार्तिक २०८३ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App