६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एनपिएल : लुम्बिनीलाई सुरुआती झट्का

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ। लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए। लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ। यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ।

आज हुने दोस्रो दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ।

प्रकाशित: ६ मंसिर २०८२ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App