१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
खेल

एनपीएलः काठमाण्डुको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १० ओभरमा चार विकेट गुमाएर ६६ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डुले पहिलो विकेटका रूपमा साम हिजलेटलाई ६ रनमा गुमाएको थियो। त्यसपछि हरिशंकर साह ९ र स्मित पटेल १३ रनमा आउट भए। काठमाण्डुले २९ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो।

रासिद खानले १४ बलमा दुई चौकासहित १७ रन बनाएर आउट भए। उनलाई अलीले पवेलियन फर्काए।

१० ओभरको खेल सकिँदा भिम शार्की १६ र सुमित महर्जन ७ रनमा अविजित छन्।

जनकपुरका राहुल यादवले दुई विकेट लिएका छन्। मोइन अली र सैफ हसनले एक-एक विकेट हात पारेका छन्। काठमाण्डुले अन्तिम पाँच ओभरमा ३७ रन जोड्दै दुई विकेट गुमाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App