नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।
.jpeg)
जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेलमा टिकट सोल्ड आउट भएको बताइए पनि रंगशालाका धेरै सिट खाली देखिएका छन्। टिकट सबै बिक्री भएको अवस्थामा पनि रंगशालामा दर्शक नदेखिएपछि टिकट बिक्री र वास्तविक दर्शक उपस्थितिबीचको अन्तरबारे प्रश्न उठेको छ।

एनपीएलमा दर्शकको आकर्षण बढ्दै गएको दाबी भइरहेका बेला रंगशालाका खाली सिटले आयोजकको टिकट व्यवस्थापन र दर्शक उपस्थितिको अवस्थाबारे चासो बढाएको छ।
.jpeg)

.jpeg)

.jpeg)
प्रकाशित: १२ कार्तिक २०८३ १४:०१ बिहीबार


-600x400.jpg)


