नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले खराब सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाण्डुले पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डुले पहिलो ओभरमा ६ रन जोडेको थियो। दोस्रो ओभरमा साम हिजलेट ६ रनमा आउट भए। त्यसपछि हरिशंकर साह र स्मित पटेल पनि टिक्न सकेनन्। हरिशंकर १३ रनमा र स्मित २ रनमा आउट भए।
जनकपुरका राहुल यादवले दुई विकेट लिँदै काठमाण्डुलाई दबाबमा राखेका छन्। पावरप्ले सकिँदा भिम शार्की २ र रसिद खान १० रनमा क्रिजमा छन्।
प्रकाशित: १२ कार्तिक २०८३ १३:०४ बिहीबार


-600x400.jpg)


