१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

एनपीएलः जनकपुरविरुद्ध विराटनगरको गतिलो ब्याटिङ, लोकेश र इमरानको उत्कृष्ट साझेदारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सविरुद्ध गतिलो ब्याटिङ गरेको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारीमा गतिलो ब्याटिङ गरेको हो। १० ओभरको समाप्तिमा विराटनगरले एक विकेट गुमाएर ८१ रन बनाएको छ। लोकेश ३९ र इमरान ३८ रनमा नटआउट छन्।  

मोइन अलिले इनिङ्सकै पहिलो ओभरमा शेहन जयसूर्यालाई एक रनमा आउट गराएका थिए ।  

विराटनगर र जनकपुरको यो आआफ्नो चौथो खेल हो। जनकपुरको चार अंक छ भने विराटनगरको २ अंक छ। 

प्रकाशित: १७ कार्तिक २०८३ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App