२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

एनपिएल : चार टोली मैदानमा उत्रने

फाइल तस्बिर

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ मा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच तथा दोस्रो खेल अपराह्न ४ः०० मा कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।

चितवनले चार अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने काठमाडौँले दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रा कायम राख्न जित्नैपर्ने दबाब छ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा यसको प्लेअफको यात्रा सहज हुनेछ।

प्रकाशित: १२ मंसिर २०८२ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App