२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एनपिएल फाइनल: रोहितले लिए ‘ह्याट्रिक’ विकेट, सुदूरको ब्याटिङ ध्वस्त

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन्।

उनको जादुयी बलिङसँगै टस जितेर ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ११ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे।

रोहितले ११ औँ ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई क्याच आउट गराए। लगत्तै पाँचौँ बलमा उनले दीपक बोहरालाई सन्दीप जोराको हातबाट क्याच गराउँदै पेभिलियन फर्काए। ह्याट्रिक बलमा रोहितले पुनित मेहरालाई एलबीडब्लु धरापमा पार्दै ऐतिहासिक सफलता हात पारे।

जारी खेलको ११ ओभर सकिँदा सुदूरपश्चिमले ६ विकेट गुमाएर ४४ रन मात्र जोड्न सकेको छ।

प्रकाशित: २७ मंसिर २०८२ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App