१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एनपीएल फाइनलः घाइते लुम्बिनीसँग उच्चफर्मको सुदूर भिड्दै

दोस्रो संस्रणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ।  

गत मसिंर १ गते सुरु भएको एनपिएल सिजन-२ को फाइनलमा साविक उपविजेता सूदूरपश्चिक रोयल्स र लुम्बिनी लायन्सबिच भिडन्त हुनेछ। खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ३ः३० बजे सुरु हुनेछ। उच्च फर्ममा रहेको सुदूर र सुरुवाती खेलमा खासै प्रदर्शन गर्न नसकेपनि पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।

लुम्बिनीले पहिलो पटक फाइनल खेल्दै छ भने सूदूर पहिलो संस्करणमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। दोस्रो संस्करणले नयाँ विजेता पाउनेछ। साविक विजेता जनकपुर अंक तालिकाको पुछारमा रहँदै प्लेअफपबाटै बाहिरियो भने अघिल्लो संस्करणको पुछारमा रहेको लुम्बिनी उपाधि विजेताको होडमा पुगेको छ ।

पूरानो घाउ दोहोर्याउन चाहाँदैन सूदूर

गत संस्करणमा सूदूरपश्चिम रोयल्स फाइनलमा मैदानमा उत्रिँदा कसैले नि सोचेको थिएन, उ उपाधिविहीन हुन्छ भनेर । तर जनकपुरले स्तब्ध पार्दै सूदूरलाई एनपिएलको उपविजेतको ट्याग लगाइदियो।  

यसपटक सूदूरले पुनः फाइनल खेल्दैछ । यस अर्थमा एनपिएलको उपाधिमा आफ्नो नाम लेखाउने अर्को अवसर छ। जारी एनपिएलमा लिग चरणका ७ मध्ये ६ खेलमा जित निकालेको सुदूर विराटनगर किङ्ससँग मात्र पराजित भएको थियो । अंक तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको दीपेन्द्र सिंह ऐरीको सुदूरले उहीँ विरानगरमाथि प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।  

त्रिवि क्रिेकट मैदानमा दर्शकको अपार साथले सूदूरका खेलाडीको मनोबल उच्च छ। खेलाडी स्कट कुग्लेजनले यसपटक उपाधि जित्नु नै मुख्य लक्ष्य रहेका बताएका छन्। 'हामीले दोस्रो पटक एनपिएलको फाइनल खेल्दै छौं। यसपटक हाम्रो मुख्य लक्ष्य नै उपाधि जित्नु हो,' उनले भने, 'दोस्रो हुनु सधैँ राम्रो होइन, यसपटक एनपिएलको उपाधिमा हाम्रो नजर छ र जित्नेछौँ।'

उनको यो भनाइबाट पनि प्रस्ट हुन्छ कि सुदूरका खेलाडी नि उपाधिका लागि भोका छन्। 

घाइते सिंह जसरी आयो लुम्बिनी 

जारी एनपिएलमा सबैभन्दा चर्चामा रहेको टोली हो लुम्बिनी लायन्स। राष्ट्रिय टिमका क्याप्टेन रोहित पौडेल नेतृत्वको  लुम्बिनीले लिग चरणमा पहिलो खेल जित्यो तर लगातार तीन खेल हारेपछि सबैले भनेका थिए, प्लेआफमा यो टोली पुग्दैन । तर पछिल्ला तीन खेलमा बाजी मार्दै चौथो स्थानमा रहँदै अघिल्लो चरणमा स्थान बनायो । 

प्लेअफमा काठमाडौं गुर्खाजलाई ४ विकेटले हराएको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पाखा लगायो । फाइनल पुगेपछि लुम्बिनी लायन्सलाई घाइते सिंहका रुपमा चर्चा गर्दै फाइनल जित्ने आकलन उसका फ्यानहरुले गरिरहेका छन्।  

यो, त्यही टोली हो, जसले गत संस्करणमा धेरै आलोचना पाएको थियो। अंक तालिकाको पुच्छरमा रहँदै एनपिएल सिजन-१ सकाएको लुम्बिनी अब एनपिएकै उपाधि जित्न एक कदममात्र टाढा छ।  

अघिल्लो संस्करणमा गुमनाम जस्तै बनेको लुम्बिनीका खेलाडीमा पनि उच्च मनोबल देखिन्छ । पहिलो पटक फाइनलमा आफनो स्थान बनाएपछि लुम्बिनीका खेलाडी डार्शी सर्टले उपाधि जित्ने दाबी गरे। 'हामीले यो सिजनमा लिग चरणका खेलहरुबाट नै संघर्ष गर्दै आइरहेका छौ.' डार्शी भन्छन् 'सूदूरपश्चिम बलियो टोली छ, तर हामी उपाधि जित्ने छौँ।'  

एनपिएलमा तेस्रो पटक भेट्दै सुदूर र लुम्बिनी

एनपिएलको इतिहासमा सूदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तेस्रो पटक आमने-सामने हुँदैछन्।  

यी दुई टोलीको तेस्रो भेट एनपिएल सिजन-२ को फाइनल खेलमा हुनेछ। यसअघि यी दुवै टोलीको भेट एनपिएल सिजन-१ र सिजन-२ को लिग चरणामा भएको थियो । यसअघिका दुवै खेलमा सुदूरले बाजी मारेको थियो। सिजन-१ को लिग चरणमा लुम्बिनीलाई सुदूले ४५ रनले पराजित गरेको थियो भने जारी सिजनको लिग चरणमा ७ विकेटको हरायो।  

शनिबार हुने यस सिजनको फाइनल खेल यी दुई टोलीबीचको तेस्रो भेट हो । यो भेटमा सुदूरले जितमा ह्याट्रिक गर्छ कि लुम्बिनीले उपाधि उचाल्छ, शनिबार कुर्नेपर्नेछ । 

प्रकाशित: २६ मंसिर २०८२ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App