त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाजबिच खेल हुनेछ। खेल अपराह्न ३ः३० बजे सुरु हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले चार खेलमा एउटा मात्र जित हासिल गरेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहनका लागि कर्णालीलाई आजको खेल जित्नै पर्ने बाध्यता छ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा रहेको छ। प्लेअफको यात्रामा पुग्नका लागि काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ।
प्रकाशित: १४ मंसिर २०८२ ०६:२१ आइतबार





