निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित निकालेको छ।
निःसर्गले सिनियर र जुनियर ब्वाइजमा सफलता पायो। सिनियर ब्वाइजमा निःसर्गले एलआरआईलाई ३०–७ ले पराजित गर्यो। निःसर्गका कृतिकले सात अंक जोडे। जुनियर ब्वाइजमा निःसर्गले बाघभैरवलाई १०–४ ले हरायो। निःसर्गका अर्पितले चार स्कोर गरे। सिनियर ब्वाइजमा ज्ञानोदयले युनाइटेड युनिभर्सललाई १८–२, मंगलले ज्ञानोदयलाई ३४–२३, स्वर्णिमले एभिएमलाई ३३–२२, रेडियन्ट पब्लिकले ल्याबोरेटरीलाई ३२–१८, भ्याली भ्युले न्यु जेनिथलाई २७–१७ र आयोजक पुष्पसदनले स्वर्णिमलाई ३८–२१ ले हराए।
ज्ञानोदयका प्रयुन्श शेरचनले ६, मंगलका अनुक महर्जनले १७, स्वर्णिमका रिजेनले ८, रेडियन्टका सुप्रित लामिछानेले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले ९ र पुष्पसदनका सम्राट लामाले १५ अंक बटुले। जुनियर ब्वाइजमा राराहिलले मंगललाई २०–८ तथा ग्रिनफिल्डले भ्याली भ्युलाई १९–४ ले पन्छाए। राराहिलका निसान केसीले ८ तथा अजय मगरले ९ स्कोर गरे।
प्रकाशित: २७ कार्तिक २०८२ ०९:५० बिहीबार





