वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी भएको छ। बुधबार बिहान भएको पाँचौ तथा अन्तिम खेलमा २ विकेटको जित निकाल्दै किबिज टोलीले शृंखला ३-२ ले जितेको हो।
पहिलो खेलमा वेस्ट इन्डिज ७ विकेटले विजयी भएपनि सो पछिका तीनै वटा खेल भ्रमणकारी टोली न्युजिल्यान्डले जितेको थियो। न्युजिल्यान्ड दोस्रोमा ५ विकेटले, तेस्रोमा ६ विकेटले र चौथोमा एक विकेटले विजयी भयो।
पाँचौं खेलमा न्युजिल्यान्डले दिएको २६९ रनको लक्ष्य क्यारेबियन टोलीले ४७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा सिमरोन हेट्मेयरले नटआउट ६९ र शेरफेन रुथरफोर्डले ६१ रन बनाए।
जकोब डुफी र जडेन लेनोक्सले समान ३ विकेट लिएपनि हार भने टार्न सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २६८ रनको योगफल तयार पारेको थियो। उसका लागि टम लाथमले ६९, निक केलीले ६४ र विल योङ्गले ५६ रन बनाएका थिए।
प्रकाशित: ६ श्रावण २०८३ १३:५७ बुधबार





