वेस्ट इन्डिजबिरुद्ध टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपालले आउँदो असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) मा वेस्टइन्डिजविरुद्ध सिरिज खेल्ने छ। नेपाल र वेस्ट इन्डिजविरुद्धको खेल युएईमा हुनेछ। युएईको शहाराज क्रिकेट रंगशालामा नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्ने छन्। क्यानले आइतबारमात्रै यो सिरिजको नाम युनिट कप राखेको छ।
यस्तो छ नेपाली टोली:
रोहित पौडेल (कप्तान) दिपेन्द्र सिंह ऐरी (उपकप्तान) अशिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मम्द अदिल आलाम, आरिफ शेख, सन्दिप जोरा, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवशी, सोमपाल कामी र शहब आलम

प्रकाशित: ३० भाद्र २०८२ ११:५३ सोमबार





