नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बेलुका वेस्ट इन्डिजसँग तीन वटा टी-२० सिरिज खेल्न आज बेलुका संयुक्त अरब इमिरेट (यूइर्ए) प्रस्थान गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली सोमबार बेलुका ७:२५ बजे यूएई प्रस्थान गर्न लागेको हो। यसअघि टोली गत शुक्रबार यूएई प्रस्थान गर्ने तालिका थियो तर भिसा समस्याका कारण टोलीको प्रस्थान दुई दिन ढिलो हुन पुग्यो।
नेपाल र वेष्ट इन्डिजले आउँदो सेप्टेम्बर २७, २९ र ३० गते टी- २० सिरिज खेल्दै छ। खेल यूएईको शाहराज क्रिकेट रगंशालमा हुने छ।
प्रकाशित: ६ आश्विन २०८२ १३:३२ सोमबार





