नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता खेलेर स्वदेश फर्किएको छ ।
नेदरल्याण्ड्समा भएको त्रिकोणीय सिरिजमा नेपाल जितविहीन भएको थियो । नेपाल आफनो पहिलो खेलमा नामिबियासँग ८ विकेटले, दोस्रो खेलमा आयोजक नेदरल्याण्ड्ससँग ६ विकेटले, तेस्रो खेलमा नामिबियासँग ३ रनले र अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ५७ रनले पराजित भएको थियो ।
चार वटै खेल हारेको नेपाल तालिकाका छैठौं स्थानमा रहेको छ । विश्वकप क्वालिफायरमा चौथो स्थानमा रहेर सिधैं छनोट हुने सम्भावना सकिए पनि एकदिवसीय मान्यता भने जोगाउने सम्भावना अझै रहेको छ ।
प्रकाशित: १५ श्रावण २०८३ १७:३३ शुक्रबार





-600x400.jpg)