१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
खेल

आईएल टी-२० अक्सनमा नेपाली कप्तान ऐरी ‘अन्सोल्ड’

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने आईएल टी–२० को पाँचौँ संस्करणका लागि भएको खेलाडी अक्सनमा ‘अन्सोल्ड’ भएका छन्।

गएराति सम्पन्न भएको अक्सनमा दीपेन्द्रले १० हजार अमेरिकी डलर आधार मूल्य राखेर नाम दर्ता गराएका थिए। तर, उनलाई कुनै पनि फ्रेन्चाइज टोलीले खरिद गर्न चासो देखाएनन्।

दीपेन्द्र यसअघि लगातार दुई सिजन गल्फ जायन्ट्सको टोलीमा आबद्ध भएका थिए। यद्यपि, उनले दुवै सिजन खेल्ने अवसर भने पाएका थिएनन्।

आईएल टी-२० को पाँचौँ संस्करण नोभेम्बर २१ देखि डिसेम्बर २० सम्म सञ्चालन हुनेछ।

प्रकाशित: १६ आश्विन २०८३ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App