१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अमेरिकाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तरराष्ट्रिय रंगशालामा जारी छ।

त्रिकोणात्मक सृंखलामा नेपाल, अमेरिका र युएई छन्। जारी लिगमा नेपाल चार सृंखलामा १६ खेल खेलेर १२ अंकका साथ सातौं स्थानमा छ। अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ।

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ सृंखलामा जम्मा ३६ खेल खेल्नेछन्। प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन सृंखला खेल्नेछन् भने ६ सृंखला अन्य राष्ट्रका मैदानमा खेल्नेछन्। प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्।

प्रकाशित: ९ कार्तिक २०८२ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App