नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलाे वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ।
शनिबार राति भएको पहिलो वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो। ओमानले दिएको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि आशिफ शेखले ६१ रन बनाए। त्यस्तै, कप्तान रोहित पौडेलले २५ रन बनाए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११० रन बनाएको थियो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २- २ विकेट लिए।
यो वार्मअप म्याच विश्वकप छनोटको तयारी स्वरूप खेलिएको हो। नेपालले अब अर्का म्याच कतारसँग खेल्नेछ।
प्रकाशित: १९ आश्विन २०८२ ११:१५ आइतबार


-600x400.jpg)

