अभ्यास खेलमा नेपालले कर्नाटकलाई ५ विकेटले पराजित गरेको छ। कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
कर्नाटकले दिएको २४३ रनकाे लक्ष्य नेपालले ४४.३ ओभरमै पूरा गर्यो। नेपालका देव खनालले उत्कृष्ट प्रदर्शन गर्दै अविजित शतक प्रहार गरे। उनले ११३ बलमा १०० रन बनाउँदै ४ चौका र २ छक्का प्रहार गरे।
नेपालका लागि आसिफ शेखले ३८ रन, सन्दीप जोराले ३० रन, अर्जुन कुमालले २६ रन तथा बासिर अहमदले अविजित २२ रन बनाए। रोहित पौडेलले १२ र इशान पाण्डेले ६ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि एल. बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राय, रितेश भाटकल र चिरन्थ शिवरुद्रले कर्नाटकका समान १–१ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४२ रनको योगफल तयार पारेको थियो। उसका लागि शरथ श्रीनिवासले ४८ र सहर्स रेड्डीले ४३ रन बनाएका थिए।
नेपालका लागि कप्तान सन्दीप लाछिाने र करण केसीले समान ३ तथा हेमन्त धामीले २ विकेट लिएका थिए।
प्रकाशित: ५ भाद्र २०८३ १८:५३ शुक्रबार


-600x400.jpg)


