८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल दुवै अभ्यास खेलमा विजयी, कतार १६ रनले पराजित

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गर्यो ।  

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।  

यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।  

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। दीपेन्द्र सिंह ऐरी ३८, आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रनमा आउट भए । 

प्रकाशित: २० आश्विन २०८२ १९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App