नेपालले मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने एसियन डजबल च्याम्पियनसिपमा पहिलो पटक सहभागिता जनाउने भएको छ। १८ सदस्यीय नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गर्दैछ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरेका हुन। मुख्य प्रायोजक जर्सी पुल रहेको छ भने ट्राभल पार्टनर एम्पाएर ट्राभल्स एन्ड टुर्स, होम किट पार्टनर जी स्पोर्ट्स र डिजिटल पार्टनर ब्ल्याक आइ जर्नी प्रालि रहेका छन्।
टोलीका खेलाडीमा विराज दाहाल (कप्तान), प्रकाश सिंह ऐर, कृष्णहरि बुढाथोकी, रबिन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम, विनोद कोइराला छन्।
टिम अफिसियलमा राजन गौतम (टोली प्रमुख), कौशल ज्ञवाली (व्यवस्थापक), हिरामणी नेपाल (सहायक व्यवस्थापक), अरुण तिम्सिना (प्रशिक्षक/खेलाडी), बेनुकुमार राई (ट्रेनर र सन्दीप रिजाल (मिडिया अफिसर) समावेश छन्।
प्रकाशित: २ मंसिर २०८२ १०:५१ मंगलबार


-600x400.jpg)


