८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो झट्का, कप्तान रोहित २० रनमा आउट

युएईविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ।

राम्रो सुरुवात गरेको नेपालका लागि कप्तान पौडेल १९ बलमा १ चौकासहित २० रन जोडेर पेभेलियन फर्किएका हुन्।

उनी आउट हुँदा नेपालले १४.२ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाएको छ। यसअघि ओपनर कुशल भुर्तेल २८ रनमा आउट भएका थिए।

कप्तान पौडेल आउट भएसँगै अब क्रिजमा कुशल मल्ल आएका छन्। उनले अर्का सेट ब्याट्सम्यान आसिफ शेखसँग मिलेर नेपालको इनिङ्सलाई अगाडि बढाउनेछन्।

नेपालले अब अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै युएईसामु बलियो लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ।

प्रकाशित: २६ आश्विन २०८२ १७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App