११ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

नेपाललाई लगातार दोस्रो झट्का, ९ रनमा आउट भए भुर्तेल

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दुई बलमा दुई विकेट गुमाउँदै दोस्रो झट्का व्यहोरेको छ।

ओपनर आसिफ शेख आउट लगत्तै अर्को ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल पनि ९ रन बनाएर पेभेलियन फर्किएका हुन्।

कुल २५ रनको स्थितिमा ५.५ ओभरमा आसिफ १४ रन बनाएर आउट भएका थिए। त्यस लगत्तै ६.१ ओभरमा बलर काइल क्लेनले कुशल भुर्तेललाई एलबीडब्ल्युको सिकार बनाए।

२० बल खेलेका कुशलले १ चौका प्रहार गरे। कुनै पनि अतिरिक्त रन नजोडी दुवै ओपनर गुमाएपछि नेपाल सुरुवातमै दबाबमा परेको छ।

६.५ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर २५ रन बनाएको छ। हाल क्रिजमा ईशान पाण्डे र कप्तान रोहित पौडेल रहेका छन्। दुवै ब्याटरले खाता खोल्न बाँकी छ।

नेदरल्यान्ड्सका लागि काइल क्लेन र एलेक्स रोयले १-१ विकेट लिँदै नेपालको सुरुवाती इनिङ्स ध्वस्त पारेका छन्।

क्लेनले ३.५ ओभरमा १६ रन र रोयले ३ ओभरमा १ मेडनसहित ८ रन खर्चेका छन्।

प्रकाशित: ७ श्रावण २०८३ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App